Eshikshakhabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
eshikshakhabar.com
No Result
View All Result

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नहुने बताएका छन्।

महान्याधिवक्ताको कार्यालयको अवालोकनपछि सरकारी वकिललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने बाटोमा अग्रसर भएकाले सरकारका विरुद्ध तथ्यपरकरुपमा आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्ने स्पष्ट गरे।

‘नेपाली समाज कानुन र न्यायसङ्गतरुपमा चल्ने समाज हो। यहाँ सामाजिक विशृङ्खलताका कुनै आन्दोलनको गुञ्जायस छैन। कसैले रिस शान्त पार्नका लागि सामाजिक सञ्जालमा गाली गर्न सक्छ तर त्यो भन्दा बढी केही हुँदैन। हामीले न्यायका क्षेत्रमा संविधानमा उल्लेखनीय व्यवस्था गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘म प्रधानमन्त्रीको फोटो टाँस्न फेरि जिम्मेवारीमा आएको होइन । फोटो पहिल्यै टाँसिइसकेको छ। विगतका मेरा कार्यकालमा पनि हरेक क्षेत्रमा काम भएकै हुन् । यस कार्यकालमा पनि समाजका हरेक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने सोचेर लागेको छु। न्याय क्षेत्रको प्रभावकारिता विकासका लागि राज्यको स्रोत साधनले भ्याएसम्म पूर्वाधार विकासको क्रमलाई निरन्तरता दिइनेछ।’

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुंगोलगाउन भएको राजनीति सहमति शान्ति प्रक्रियाको अन्तिम किस्ताको कोशेढुंगा भएको बताए। यसबारे राष्ट्रसंघका नेपालस्थित प्रतिनिधि र विभिन्न राजदूतहरूको चासो रहेको उल्लेख गर्दै उनले पीडितकेन्द्रित विषयलाई ध्यानमा राखेर ती कानुन संसदको यही अधिवेशनबाट पारित हुने बताए।

आफूहरुले शान्ति प्रक्रियाका धेरै कुरामा विदेशीको नक्कल नगरेको र विगतमा आफू प्रधानमन्त्री हुँदा वार्ताका माध्यमबाट विप्लव र सिके राउत समूहलाई मूल प्रवाहमा ल्याएको उनले स्मरण गरे।
प्रधानमन्त्री ओलीले अर्थतन्त्र खस्कँदो भएको स्थितिमा पनि सर्वोच्च अदालतको आदेशको सम्मान गर्र्दै कर्मचारीको तलव समायोजन गर्न छलफल भइरहेको पनि जानकारी दिए।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले मुद्धाको छिटो र प्रभावकारी अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशाला आफूसँग हुनुपर्ने र  लयर्स एकेडेमी स्थापनालगायतका कानुन छिटो पारित हुनुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिए।

न्युज कारखाना

तपाईको प्रतिक्रिया !

शिक्षा खबर

शिक्षा खबर

सम्बन्धित समाचार

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

भारतको राजस्थानमा आयोजित वन वर्ल्ड इन्टरनेशनल २०२६ मा मिनिल्यान्ड पुरस्कृत

भारतको राजस्थानमा आयोजित वन वर्ल्ड इन्टरनेशनल २०२६ मा मिनिल्यान्ड पुरस्कृत

ताजा समाचार

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

हामी मास्टरहरु -कविता

हामी मास्टरहरु -कविता

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

Load More

हाम्रो बारेमा

याे वेवसाइट शिक्षा र स्वास्थ्यमा भएका हरेक गतिविधिकाे जानकारी गराउने साथै राम्रो लाई प्राेत्साहन र नराम्रोलाई खवरदारी गर्ने न्युज पाेटल हाे।यहाँ प्रकाशित सामाग्रीवारे यहाँहरुकाे अमुल्य सल्लाह,सुझाव र प्रतिक्रियाकाे अपेक्षा राखेका छाै।

हाम्रो टीम

हाम्राे टिम:-
सल्लाहकार :-
अध्यक्ष तथा प्रवन्ध निर्देशक :-पेशल दाहाल
सम्पादक:-
सह-सम्पादक:-दिपेन्द्र लामिछाने
प्रतिनिधि :-
सल्लाह,सुझाव,गुनासो र विज्ञापनको लागि सम्पर्क :-९८५११८९८२४
सुचना विभाग दर्ता :-

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to eshikshakhabar | Developed By: Himalayan Host