कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ र ७ मूलपानी स्थित बाल गीताञ्जली स्कुलले पूर्व प्राथमिक तह ( U KG ) पार गरेका आफ्ना करिब ६९ विद्यार्थी भाइबहिनीलाई गाउन एवम टोपी लगाएर दिक्षित गरेको थियो।
२०८१ चैत्र २२ गते स्थानीय ड्रीम गार्डेन प्यालेसमा सम्पन्न सो कार्यक्रममा Innovative Education Foundation को प्राविधिक सहयोग तथा बाल गीताञ्जली को आयोजनामा “जिम्मेवार अभिभावक आजको अनिवार्यता” र “अभिभावक सचेतना शिक्षा” विषयक गोष्ठीको पनि संचालन गरिएको थियो। इनोभेटिभ एजुकेशन फाउन्डेसन का तर्फबाट चन्द्रा थाक्लुङ्ग लिम्बूले र बाल गीताञ्जली स्कुल का प्रधानाध्यापक महेन्द्र राज घिमिरेले अभिभावकले गर्नुपर्ने भूमिका बारे विभिन्न जानकारी गराउनु भएको थियो। पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा ससाना बालबालिका ले तयार पारेका गित तथा नृत्य प्रस्तुत गरेका थिए।
श्री कृष्ण थापाको स्वागत मन्तव्य पछि त्रिकोण पब्लिक स्कूलका प्रधानाध्यापक जीत बहादुर बस्नेतले गीताञ्जली स्कूलको प्रशंसा गर्दै शुभकामना प्रदान गर्नुभएको थियो।












