Eshikshakhabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
eshikshakhabar.com
No Result
View All Result

धनगढीमाई नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीकै मिलेमतोमा खानेपानीको नाममा ब्रहमलुट

उपभोक्ता समितिको फर्जि हस्ताक्षर गरी फाइल बुझाएको खुल्लासा

धनगढीमाई नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीकै मिलेमतोमा खानेपानीको नाममा ब्रहमलुट

मुकेश कुमार यादव/न्युज कारखाना, २३ साउन। सिरहाको धनगढीमाई नगरपालिका अनियमितताको अखाडा बनेको छ। अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रष्ट देखिन्छ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा नगरस्तरीय योजनामामात्र एक करोड ३० लाख रुपैयाँ बोरिङ्ग तथा मोटर जडानको लागि छुट्याएको थियो। विनियोजित रकम हिनामिना गर्नकैलागि जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा योजना टुक्र्याई नामका लागिमात्र उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गराएको खुलेको हो।
सवैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव अध्यक्ष गरेका छन्। समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन्। रकम कुम्ल्याउन सजिलो पार्नकै लागि नीयम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ।
योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। विडम्वना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन।
सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभाक्ता समितिको सचिव हो? भनि सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुला।’
उपभोतmा समितिलाई नै जानकारी नहुनेगरी बनेको समितिले कसरी फाइल तयार पार्यो र बैंक खाता खाल्यो भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ।
अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठनमात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ। धनगढीमाई नगरपालिका ११ मा ४ वटा बोर्डिङ्ग र मोटर जडान भएको छ। बोर्डिङ जडान भएको उपभोक्तालाई भने समितिको नाम थाहा छैन्।
नगरस्तरीय योजनामा बोरिङ्ग र मोटर जडान गर्ने भनेपनि उपभोक्तासँग प्रति बोरिङ्ग ३० देखि ४० हजारसम्म नगद असुल गरेका छन्। वडा अध्यक्ष र मेयरको खास मान्छेमार्फत रकम असुलेको बताइन्छ।
धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परीवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए। उनीहरुले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाईलाई दियौं। त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन’
उनीहरुलाई रकम लिएको भन्दा पनि बोरिङ्ग सफल नभएकोमा चिन्ता छ। पीउने पानीको चरम अभाव भोगिरहेका उनीहरुले वडा अध्यक्षले पैसा नबुझाई बोरिङ्ग नदिने भनेपछि रकम दिए। तर, अहिले जडान भएको वोरिङ्गबाट पानी नआउँदा चिन्तित छन्। ‘बोरिङ्ग जडान भएको एक साता पछि मोटर ल्याईदिए र मोटर जडान गरेको २÷३ घण्टापछि बन्द भएको मोटर अझै चलेको छैन; ती उपभोक्ताहरुले दुखेसो गरे।
त्यसैगरी, सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०÷३० हजार रुपैयाँ वडा अध्यक्ष अशोक श्रेष्ठले लिएका छन्। वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्वग दिन्न भनेपछि बाध्येय भएर रकम बुझाएको बताए।
यस वडामामात्र हैन वडा नम्वर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरुले रकम असुल गरेको छ। दुई महिना अघि नै काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन।
यो सम्पूर्ण घटनाहरुले धनगढीमाई नगरपालिकामा हुने अनियमितता चित्रण गरेको छ। प्रत्येक वडामा उपभोक्तासँग बोरिङ्ग जडानगर्दा मोटर किन्न, मिस्त्रिलाई दिन, मेसिनमा तेलहाल्ने नाममा रकम असुल गरेको छ।
यस सम्वन्धमा जान्न ११ नम्वर वडा अध्यक्ष श्रेष्ठलाई कार्यालयमा भेट्न जाँदा भेट्नु भएन। त्यसपछि एक सातासम्म निरन्तर फोन अफ रहेको छ।
रकम उठाउने कार्यमा नाम जोडियका पनव महतोले भने आफू यस प्रकृयामा कतै नजोडिएको जिकिर गरे।
पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि वला बेला यस्तो कुरा आएको बताए। उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो। मैले आफैले पनि खोजीनीती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कार्वाही गर्छु।’
प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरुको भुक्तानी समेत नभएको बताए। उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया !

Shiksha Khabar

Shiksha Khabar

सम्बन्धित समाचार

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

हामी मास्टरहरु -कविता

हामी मास्टरहरु -कविता

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

ताजा समाचार

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

हामी मास्टरहरु -कविता

हामी मास्टरहरु -कविता

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

Load More

हाम्रो बारेमा

याे वेवसाइट शिक्षा र स्वास्थ्यमा भएका हरेक गतिविधिकाे जानकारी गराउने साथै राम्रो लाई प्राेत्साहन र नराम्रोलाई खवरदारी गर्ने न्युज पाेटल हाे।यहाँ प्रकाशित सामाग्रीवारे यहाँहरुकाे अमुल्य सल्लाह,सुझाव र प्रतिक्रियाकाे अपेक्षा राखेका छाै।

हाम्रो टीम

हाम्राे टिम:-
सल्लाहकार :-
अध्यक्ष तथा प्रवन्ध निर्देशक :-पेशल दाहाल
सम्पादक:-
सह-सम्पादक:-दिपेन्द्र लामिछाने
प्रतिनिधि :-
सल्लाह,सुझाव,गुनासो र विज्ञापनको लागि सम्पर्क :-९८५११८९८२४
सुचना विभाग दर्ता :-

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to eshikshakhabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य

©2024 All copyrights reserved to eshikshakhabar | Developed By: Himalayan Host